दफा १२
शिक्षा तथा सचेतनाको व्यवस्था मिलाउनु पर्ने
(१) सामाजिक सञ्जाल व्यवस्थापन इकाइ तथा सम्बद्ध निकायले सामाजिक सञ्जाल प्रयोगकर्ताको हित र सुरक्षाको लागि देहायका कुनै वा सबै माध्यमबाट शिक्षा तथा सचेतनाको व्यवस्था मिलाउनु पर्नेछः-
(क) प्रकाशन “तथा प्रसारण सामग्री,
(ख) वेबसाइट,
(ग) गोष्ठी, कार्यशाला,
(घ) लोककल्याणकारी विज्ञापन,
(ङ) संवाद कार्यक्रम,
(२) उपदफा (१) बमोजिम सञ्चालन हुने शिक्षा तथा सचेतनाका सम्बन्धमा मन्त्रालयले प्रदेश र स्थानीय तहसँग आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न सक्नेछ।